आज कांग्रेसका नेताहरु बालुवाटारमा बस्ने
सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । आज दिउँसो साढे २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो ।
कार्यसम्पादन समिति बैठकको तयारीका लागि पदाधिकारी बैठक बोलाएको प्रवक्ता प्रकाश शरण महतले बताउनुभयो । बैठकमा स्थानीय चुनावको तयारी, १६ जिल्लाको अधिवेशन, समसामायिक राजनीतिका बारेमा छलफल हुने कार्यतालिका रहेको छ ।
हिजो बसेको बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनु भएको थिएन ।
टिप्पणीहरू