मरेको दुई वर्षसम्म शव कुर्सीको कुसीमै
मृत्यु भएको दुई वर्षसम्म पनि कसैले केही पत्तो नपाउनु अचम्मको कुरा हो । इटालीमा ठ्याक्कै त्यस्तै घटना भएको छ । मृत्यु भएको दुई वर्षपछि उत्तरी इटालीमा एक जना ७० वर्षीया वृद्धाको शव उनकै घरमा फेला परेको छ ।
घरमा एक्लो जीवन बिताइरहेकी मारिनेला बेरेटा लोम्बार्डीको शव कुहिएको अवस्थामा फेला परेको हो । उनको घरको बगैँचामा रुख ढलेको, अरु रुखविरुवा र घाँस पनि निकै बढेको देखेर छिमेकीहरूले उजुरी गरेपछि दमकलका कर्मचारीहरू आएर निरीक्षण गर्दा घरभित्र महिलाको शव फेला परेको हो । बेरेट्टाको शव लिभिङ रुमको कुर्सीमा बसिरहेको अवस्थामा थियो । तर त्यो कुहिएर क्षतविक्षत भएसकेको थियो ।
दमकल कार्यालयका निरीक्षकले उनको मृत्यु सन् २०१९ को अन्त्यतिर भएको हुनसक्ने अनुमान लगाएका छन् । साथै, उनको मृत्युको कारण अहिलेसम्म पनि खुल्न सकेको छैन । हाल प्रहरीले उनका आफन्तको खोजतलास गरिरहेको छ भने मृतक वृद्धाको शव मुर्दाघरमा राखिएको छ ।
टिप्पणीहरू