शिवले सम्हाले मकवानपुरको पत्रकार मोर्चा

शिवले सम्हाले मकवानपुरको पत्रकार मोर्चा

समाजवादी प्रेस संगठन मकवानपुरको अध्यक्षमा शिव चौलागाई चुनिनु भएको छ । प्रथम जिल्लास्तरीय भेलाले चौलागाईको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्माण गरेको हो ।

उपाध्यक्षमा गोविन्द न्यौपाने,महिला उपाध्यक्षमा मञ्जु पुडासैनी,सचिवमा पुष्कल गोले सागर,सहसचिवमा विकल्प चौलागाई र कोषाध्यक्ष राजु बस्नेत रहनु भएको छ । सदस्यहरुमा शंकर लामा,शुक्र अतित,सिर्जना सत्याल, स्वस्तिका राई,श्रीकृष्ण पुडासैनी, पवन चेपाङ र गीता बानियाँ चुनिनु भएको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले समाजवादी प्रेस संगठनको सक्रियताले बिघटित कम्युनिष्ट आन्दोलनलाई पुनर्गठनका लागि ठूलो टेवा पुगेको बताउनुभयो । उहाँले एमसीसीको प्रमुख वकिल बनेर तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले लबिङ शुरु गरेपछि पार्टीभित्र फुट र बिभाजन आएको बताउनुभयो ।

संगठनका संस्थापक केन्द्रीय सदस्य शिवकुमार काशीको अध्यक्षतामा भएको भेलामा नेकपा केन्द्रीय वरिष्ठ उपाध्यक्ष बिश्वमणि सुवेदी, पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेल, संगठनका उपमहासचिव रामकुमार एलन,जन सांस्कृतिक महासंघकी केन्द्रीय सदस्य शान्तिप्रिय बन्दना लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

टिप्पणीहरू