छिमेकमा सबैभन्दा ठूलो सैनिक अभ्यासको तयारी
भारतमा हालसम्मको सबैभन्दा ठूलो नौसेना अभ्यासको तयारी गरिएको छ । पूर्वी बन्दरगाह शहर बिसाशापट्टनममा सबैभन्दा ठूलो नौसेना अभ्यासको लागि आवश्यक तयारी पूरा भएको बताइएको छ ।
‘मिलन २०२२’ नाम दिइएको उक्त अभ्यास फेब्रुअरी २६ देखि मार्च ४ सम्म विशाखापट्टनममा दुई चरणमा आयोजित हुँदै छ । समुद्री चरण मार्च १ देखि शुरु हुनेछ ।
पनडुब्बी,विमान,हेलिकोप्टर र युध्दपोतहरूले बंगालको खाडीमा युध्दकला देखाउने छन् ।
टिप्पणीहरू