सीमानाका शिक्षक,विद्यार्थी खोप लाउन छुटेपछि..
बाँकेको राप्तीपारिमा कोरोनाविरुद्धको खोप दिन थालिएको छ । भारतीय सीमासँग जोडिएको राप्तीपारिका बासिन्दालाई गाउँमै पुगेर खोप सेवा दिईएको हो ।
राप्ती सोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने गुर्दनगौडी,महेशपुर, खयरभट्टी, बासखोली र चुनभट्टीलगायत गाउँका १ सय ९ लाई कोरोनाविरुद्धको खोप दिइएको छ । राप्ती सोनारी–४ स्थित सामुदायिक स्वास्थ्य एकाइ गुर्दनगौडीबाट खोप सेवा प्रदान गरिएको हो । त्यस क्रममा ३० जनाको एन्टिजेन परीक्षण गरिएकामा दुई जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कोरोनाविरुद्धको खोप लगाउन केही विद्यार्थी र स्थानीय बासिन्दा छुटेकाले अर्को हप्ता फेरि खोप सेवा दिइने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
टिप्पणीहरू