आज कोरोनाका सबैभन्दा कम संक्रमित
कोरोनाको तेस्रो लहर सुरु भएपछि दैनिक १२ हजारसम्म भेटिएको संक्रमणदर घटेर अहिले पाँच सयमा आइपुगेको छ । तथापि, घटेको संक्रमणदरको अनुपातमा मृत्युदर भने घट्न सकेको छैन । पछिल्ला केही दिनमा संक्रमितको संख्या घटे पनि मृत्युदर भने उस्तै छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै एक सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा ९७ जना संक्रमित थपिएका हुन् । भक्तपुरमा नौ र ललितपुरमा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा मुलुकभर पाँच हजार २१ जना संक्रमित भेटिएका छन् । १० हजार एक सय १५ जनामा परीक्षण गर्दा उक्त संख्या भेटिएको हो । यो अवधिमा तीन हजार नौ सय ३५ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९६ दशमलव ५ प्रतिशत रहेको छ । मुलुकभर अझै २२ हजार पाँच सय ८४ जना सक्रिय संक्रमित छन् ।
आज १० जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार आठ सय ९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये एक सय दुई जना युवायुवती छन् भने २७ जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्षमुनिका सात जना छन् र ४६ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा सक्रिय संक्रमितको संख्या पाँच हजार छ सय ११ पुगेको छ । भक्तपुरमा एक हजार दुई सय ५३ र ललितपुरमा दुई हजार आठ सय तीन जना सक्रिय संक्रमित छन् ।
टिप्पणीहरू