राजधानीको शान्ति सुरक्षाप्रति हाकिमहरु सन्तुष्ट
काठमाडौँको सुरक्षा अवस्थाप्रति सिडिओ र प्रहरी प्रमुखहरु सन्तुष्ट देखिएका छन् । जिल्लाको शान्ति सुरक्षाको स्थिति समीक्षा गर्न हिजो बसेको सुरक्षा समितिको बैठकमा उनीहरुले यस्तो निष्कर्ष निकालेका हुन्।
आगामी बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि तय भएका २३० मतदान केन्द्रहरुको सुरक्षा संवेदनशीलता र यातायात, सञ्चार सुरक्षा निकायहरुको उपस्थिति, विगतको अनुभव, भौगोलिक विकटता समेतको विश्लेषण गर्दै समितिले अवस्था सामान्य रहेको निष्कर्ष निकालेको हो ।
काठ्माडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकमा महानगरीय प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरिक्षक सुदिप गिरी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका सहअनुसन्धान निर्देशक प्रजेश सिंह हमाल, चण्डीगढ गणका प्रमुख सेनानी वरुण केसी र सशस्त्र प्रहरी बल गण २० का प्रहरी उपरीक्षक नरेन्द्र सेनको उपस्थिति थियो ।
त्यस्तै, सशस्त्र प्रहरी बल गण १८ का प्रहरी उपरिक्षक ज्ञानप्रसाद भुर्तेल, सहायक सिडिओ दीपक पौडेल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीको पनि सहभागिता थियो ।
टिप्पणीहरू