पाँचथरमा माओवादीको शिक्षक संगठन विस्तार

पाँचथरमा माओवादीको शिक्षक संगठन विस्तार

एकिकृत अखिल नेपाल शिक्षक संगठनले पाँचथरका फालेलुङ र कुम्मायक गाउँपालिकामा अधिवेसन गरेको छ ।

कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा शनिवार सम्पन्न अधिवेसनले संजिव निरौलाको अध्यक्षतामा ११ सदस्यीय पालिका कमिटी निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्ष , सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश: गीता खड्का ,धरणीधर गजुरेल, प्रविण सम्वाहाम्फे र प्रेमचन्द्र आचार्य निर्वाचित भएका छन् ।

त्यसैगरी फालेलुड गाँउपालिकामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय लेखा समिति सदस्य नरबहादुर दुलालको प्रमुख आतिथ्यतामा सँगठनले फालेलुङ गाउँपालिका कमिटी गठन गरेको छ । तेज बहादुर सावादेनको अध्यक्षतामा २१ सदस्यीय समिती निर्वाचित गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा शर्ण कुमार केरुङ, महिला उपाध्यक्षमा नैनकला नेपाल, उपाध्यक्षमा डिल्लीहाङ जवेगू,सचिवमा लेखनाथ रिमाल, सह सचिवमा दिलकुमार केरुङ र अर्थ सचिवमा राजेन्द्र योङया निर्वाचित भएका छन ।

चैतन्य अधिकारी, डम्बर खतिवडा,तुलसा अधिकारी, श्याम कुमार थाम्सुहाङ,निशान्त नेपाल,सुमित्रा जवेगू,मनकुमारी राई, शंकर आङबो,राजेन्द्र केरुङ,विनोद जवेगू,पदम केरुङ,सन्तोष खत्री,टंकखत्री र रमेश साँवा सदस्य चुनिएको जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष छवि न्यौपानेले जानकारी दिए ।

टिप्पणीहरू