संसद्को सम्भावित कार्यसूचीमा एमसीसी परेन
संघीय संसद सचिवालयले भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरेको छैन । सचिवालयले आज सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा शोक प्रस्ताव मात्र समेटिएको छ ।
भोलि दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो । यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले भोलि नै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।
त्यहाँ छलफल गरेर प्रतिनिधिसभाको कार्यसूची परिवर्तन हुने सम्भावना भने छ ।
टिप्पणीहरू