भोलि कडिकडाउ होला त विप्लवहरुको बन्द ?

भोलि कडिकडाउ होला त विप्लवहरुको बन्द ?

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलीय गठबन्धनले भोलि नेपाल बन्दको आव्हान गरेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग सहित गठबन्धनले नेपाल बन्दको घोषणा गरेको हो ।

विप्लवको नेकपा,सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा,आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,मोहन बैद्य किरणको क्रान्तिकारी माओवादी,ऋषि कट्टेलको नेकपा र माओवादी केन्द्र समाजवादीले संयुक्तरुपमा नेपाल बन्दको आव्हान गरेका हुन् ।

भोलि नै प्रतिनिधिसभाको बैठक बस्दैछ । सरकारले एमसीसी सम्झौता टेबल गर्ने तयारीका साथ प्रतिनिधिसभाको बैठक बोलाएको भनिएका बेला संसद बाहिर रहेको ६ दलीय गठबन्धन कडा आन्दोलनमा उत्रिएको हो ।

टिप्पणीहरू