एमाले र जसपा कार्यव्यवस्थाको बैठकमा अनुपस्थित,एमसिसीको पक्षमा महन्थ

एमाले र जसपा कार्यव्यवस्थाको बैठकमा अनुपस्थित,एमसिसीको पक्षमा महन्थ

प्रमुख प्रतिपक्ष एमाले र सत्तारुढ दल जसपाले सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक बहिष्कार गरेका छन् । कार्यसूचीमा आज बस्ने संसद्को सम्भावित एमसीसी सम्झौता थप्न नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा यी दुई दल अनुपस्थित भएका हुन् ।

तर,दलहरुबीच सहमति नहुँदा हिजो संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची नै अनुमोदन भएको छ । समितिको बैठकमा नेपाली कांग्रेस र महन्थ ठाकुर नेतृत्वको लोसपाले भने एमसीसीलाई संसद्को कार्यसूचीमा समेट्न माग गरेका थिए ।

सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीजस्तो राष्ट्रिय महत्वको विषयमा सबै दलबीच सहमति नभई कार्यसूचीमा राख्न नहुने अडान राखेपछि एमसीसी कार्यसूचीमा नपरेको हो । प्रमुख प्रतिपक्षले लगातार संसद अवरुद्ध गरिरहेको अवस्थामा संसदमा छलफलको वातावरण नबन्ने भएकाले एमसीसीलाई कार्यसूचीमा नराख्न माओवादी र एकीकृत समाजवादीले अडान राखेका हुन्।

कार्यव्यवस्थामा सहमति जुट्न नसकेपछि तीन वटा शोक प्रस्ताव पारित गर्दै आजको संसद बैठक अन्त्य भएको छ । प्रतिनिधिसभाको अर्को बैठक पर्सि शुक्रबारका लागि बोलाइएको छ ।

टिप्पणीहरू