१५ सय बढी ड्राइभरमाथि कारवाही

१५ सय बढी ड्राइभरमाथि कारवाही

ट्राफिक नियम उल्लङ्घन गर्ने १५ सय भन्दा बढी सवारी चालकहरू कारवाहीमा परेका छन् । हिजो काठमाडौं उपत्यकाको विभिन्न स्थानमा १५ सय ७७ जना सवारी चालकहरूलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

महानागरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५३ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ३९ जना छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ४६ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने १८ जना, मदिरा पिएर सवारी साधन चलाउने ४३ जना र क्षमताभन्दा बढी यात्रु राख्ने ३९ जना चालकहरूलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

टिप्पणीहरू