कसले लेख्यो उपराष्ट्रपतिको कम्पाउण्डमा चीनबिरोधी नारा ?
उपराष्ट्रपति भवनको कम्पाउन्डमा चीनविरोधी स्टिकर टाँसिएको छ । नेपालको प्रजातान्त्रिक दुश्मन चीन मूर्दावाद लेखिएको स्टिकर टाँसिएको हो ।
उक्त स्टिकर कसले र किन टाँसेको हो भन्नेबारे भने केही खुलेको छैन । आज बिहान उपराष्ट्रपति भवन र केशरमहलको गेटमा ‘नेपाली प्रजातान्त्रिक दुश्मन चीन मूर्दावाद’,चिनियाँ विस्तारवाद मूर्दावाद जस्ता उत्तेजक नारा लेखिएको स्टिकर टाँसेको पाइएको थियो ।
यता,अमेरिकाको विरोधमा जनता सडकमा उत्रँदा चीनविरोधी अज्ञात समूह भने छुपेरुस्तम पाराले उपराष्ट्रपति भवनको कम्पाउण्डमा पुगेको हो ।





टिप्पणीहरू