टि–२० वरीयतामा दिपेन्द्रको फड्को

टि–२० वरीयतामा दिपेन्द्रको फड्को

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले खेलाडीहरुको नयाँ वरीयता सार्वजनिक गरेको छ । हालै सार्वजनिक गरिएको उक्त वरीयतामा नेपालका मिडिल अर्डर ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले फड्को मारेका छन् ।

ऐरी ब्याटिङतर्फको ५२ औं स्थानमा उक्लेका हुन् । सोमबार ओमनमा सम्पन्न चारदेशीय श्रृङखलामा उच्च प्रदर्शन गरेका ऐरि त्यसपश्चात मंगलबार सार्वजनिक वरियतामा एकैचोटी ५२ औं स्थानमा आइपुगेका हुन् ।

ऐरीले वरीयतामाक्रममा भारतीय युवा ब्याट्सम्यान ऋषभ पन्त, सूर्यकुमार यादव, वेस्ट इन्डिजका कप्तान किरन पोलार्ड, वेस्ट इन्डिजकै ब्रान्डन किङ, सिमरोन हेटमायर, इंग्ल्यान्डका लियाम लिभिङ्स्टोन, अस्ट्रेलियाका मार्कस स्टोइनिस र म्याथ्यू वाडेलाई पछाडि परेका छन् ।

उनले ४ सय ४३ रेटिङ अंक पाएका छन् । चारदेशीय टी–२० सिरिजमा दीपेन्द्रसिंहले तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले तीन खेलमा १ सय ४२ रन बनाएका थिए । ओमानविरुद्ध ७३ रन बनाएका उनले युएईविरुद्ध ४१ र आयरल्यान्डविरुद्ध २८ रन बनाएका थिए ।

त्यस्तै, नेपाली टोलीका ओपनर कुशल भुर्तेल वरीयताक्रमको ६५ औं स्थानमा छन् । बलिङतर्फ भने टोलीका कप्तान सन्दिप लामिछाने ६३औं स्थानमा छन् ।

टिप्पणीहरू