सुनापतिमा एकल पुरुषलाई मासिक भत्ता

सुनापतिमा एकल पुरुषलाई मासिक भत्ता

रामेछापको सुनापति गाँउपालिकाले एकल पुरुष भत्ता कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाले एक हजारका दरले एकल पुरुषका लागि मासिक भत्ता दिने निर्णय गरेको हो ।

यसअघि एकल महिलालाई मात्र भत्ता दिदै आएको पालिकाले चालू आर्थिक वर्षबाट एकल पुरुषलाई पनि भत्ता दिन थालेको हो ।

२०७८/७९ बाट पालिकाभित्रका एकल पुरुषलाई मासिक रुपमा भत्ता वितरण गर्ने गरी नीति तथा कार्यक्रम बनाएको पालिका अध्यक्ष धावा लामाले बताए । हिजो र अस्ति गरेर पालिकाभित्रका सबै एकल पुरुषलाई छ महिनाको भत्ता वितरण गरेको उनको भनाइ छ ।

पालिकाले भत्ता वितरण गर्दा विवाहपछि एकल भएका पुरुषको हकमा उमेर हद ५० वर्ष र अविवाहित पुरुषको हकमा उमेर ६० वर्ष पुगेको हुनुपर्ने प्रावधान बनाएको छ । एकल पुरुषलाई पनि केही हदसम्म राहत होस् भनेर उक्त निति ल्याएको अध्यक्ष लामा बताउछन् ।

सुनापतिले यसअघि पनि उदाहरणीय काम गरिसकेको छ । गाँउपालिकाकै बजेटमा पशुहरुलाई सुत्केरी भत्ता, पशु बीमा, दलित स्वास्थ्य बीमालगायतका काम गरिदै आएको छ ।

टिप्पणीहरू