टी–२० विश्वकपमा छानिन अब नेपाललाई सजिलो

टी–२० विश्वकपमा छानिन अब नेपाललाई सजिलो

ओमानमा आजदेखि शुरु भएको टि–२० विश्वकप छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले घरेलु टोली ओमनलाई पराजित गरेको छ ।

टस हारेर पहिले ब्याडिङको निम्तो पाएको नेपालले १ सय १८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । तर, लक्ष्य पछ्याउने क्रममा ओमानले ७८ रनमा समेटिएपछि नेपालले ३९ रनको जित हात पारेको हो ।

१५ ओभरमा अलआउट भएको ओमानका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । मध्यक्रमका नसिम खुसिले २४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान सबै सस्तैमा आउट भएका थिए ।

नेपालको जितका लागि कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, कप्तान सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान २ विकेट हात पारे । त्यस्तै, जितेन्द्र मुखिया र अविनाश बोहोराले पनि एक-एक विकेट लिए ।

आजको जितसँगै नेपालको सेमिफाइनल यात्रा सहज भएको छ । नेपाल रहेको समूह बी मा ओमान, क्यानडा र फिलिपिन्स छन् । नेपालले आफ्नो दोस्रो खेलमा भोली फिलिपिन्सको सामना गर्दैछ ।

टिप्पणीहरू