पिठो बोकेर कर्णालीका मुख्यमन्त्री आश्रमतिर

पिठो बोकेर कर्णालीका मुख्यमन्त्री आश्रमतिर

प्रजातन्त्र दिवसको अवसर पारेर कर्णाली सरकारले खाद्यान्न वितरण गरेको छ ।  मुख्यमन्त्री जीवन बहादुर शाहीसहितको टोलीले जय प्रशान्ती आश्रममा पुगेर असहाय बृद्धबृद्धाहरुलाई पिठो, चामललगायतका खाद्य सामाग्री बितरण गरेको हो ।

खाद्यान्न बोकेर मुख्यमन्त्री शाही आफैँ आश्रम पुग्नुभएको थियो । आश्रममा रहेका आमाबुबाहरुसँग भेटघाट गर्दै उहाँले खाद्य सामाग्री वितरण गर्नुभएको हो । सरकारले ६ झोला चामल, दश केजी पिठो, फलफूल, फुरनदान, दालमोठ,बिस्कुट, मसलालगायतका विभिन्न खाद्य सामाग्रीहरु दिएको आश्रमले जनाएको छ ।

No description available.

खाद्यान्न वितरण कार्यक्रममा प्रदेशका प्रमुख सचिवसमेत रहेका आश्रमका आजीवन सदस्य राजकुमार श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको थियो ।

आश्रमले निरीक्षण, अनुगमन, आवश्यक निर्देशन तथा सेवाको लागि मुख्यमन्त्री लगायत सम्पूर्णमा आभार तथा सम्मान प्रकट गरेको छ ।

टिप्पणीहरू