जनवादी विवाहपछि माओवादी बैठक सुरु
नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सुरु भएको छ । काठमाडौंको बुद्धनगरमा पार्टीको पूर्ण बैठक सुरु भएको हो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड पनि पुग्नुभएको छ । उक्त बैठक माओवादी केन्द्र बाग्मती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको अध्यक्षतामा सुरु भएको हो ।
बैठकको प्रमुख आतिथ्यता भने पार्टी अध्यक्ष प्रचण्डले गर्नुभएको छ । त्यसैगरी बैठकमा अर्थमन्त्री जनार्दन शर्मा, नेता नारायणकाजी श्रेष्ठ, केन्द्रीय सदस्य अनिल शर्मा, रामप्रसाद सापकोटा (दीपशिखा), युवराज दुलाल, बागमती प्रदेश सदस्य जनक बर्तौला, गोपाल पाण्डे, रमेश सापकोटालगायतको सहभागिता छ ।
बैठक नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु दिलीप सोनी (हिमाल) र पम्फा बसेल (समीक्षा) बीच जनवादी विवाहपछि शुरु भएको हो ।
टिप्पणीहरू