राजधानीमा २२ वर्षकी युवती झुण्डिइन्

राजधानीमा २२ वर्षकी युवती झुण्डिइन्

भक्तपुरको लोकन्थली मनोहरा नदी किनारको टहरामा आज दिउँसो २२ वर्षकी युवती झुण्डिएकी छन् । दिउँसो सवा २ बजेको समयमा स्थानीय योगेश फुयालको जस्ताको टहरा भाडा लिई बसेकी युवतीले पासो लगाएकी हुन् ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका २ घर भएकी श्रृजना विक (भण्डारी) ले जस्ताको छानो अड्याउन राखिएको फलामको बलोमा सलको पासो लगाई झुण्डिएको महानगरीय प्रहरी परिसर भक्तपुरको भनाइ छ । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

टिप्पणीहरू