डा.बाबुरामले यो हाम्रो अन्तिम बैठक हो भनेपछि…

डा.बाबुरामले यो हाम्रो अन्तिम बैठक हो भनेपछि…

अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा जनता समाजवादी पार्टी नेपालभित्र पनि दुई धार देखिएको छ । अध्यक्ष उपेन्द्र यादवको समूह संशोधन या पुरक ब्याख्यासहित पारित गर्नुपर्ने पक्षमा देखिएको छ भने संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई निःशर्त र हुबहु उक्त सम्झौता पारित गर्नुपर्ने अडानमा हुनुहुन्छ ।

त्यही विषयले पार्टी विभाजनसम्मको रुपरेखा कोरिएको जसपा नेपालमा अहिले आवश्यक बहुमत नपुगेपछि भट्टराई पक्षधरहरु ब्याक भएको बताइन्छ । पार्टीको केन्द्रीय समितिमा आवश्यक संख्या नपुगेपछि नयाँ पार्टी गठनको प्रक्रिया अहिलेलाई रोकिएजस्तो छ ।

तर,पार्टीका सांसदहरुमध्ये भट्टराईको पक्षमा स्पष्ट ४० प्रतिशत रहेको अर्को पक्षले पनि स्वीकारेको छ । ‘सांसदहरुलाई नयाँ गठबन्धन बन्ने आश देखाइएकाले ४० प्रतिशत पुग्छ । आठ जना भए पुग्ने भएकाले त्यस्तो देखिएको हो,’ यादव निकट एक जना केन्द्रीय सदस्यले भने ।

“अशोक राईको नाम यादव खेमाले पटकपटक लिएको र डा.भट्टराईले आफ्नो नाम राखेर सन्तुलन नमिलाए यो अन्तिम बैठक हुनसक्ने चेतावनी दिएपछि आजलाई ३ नेता बसेर टुङ्याउने गरी हिजो स्थगन भएको हो ।”

केन्द्रीय समिति ५ सय सदस्यीय छ । त्यसको निम्ति कम्तिमा दुई सय जना चाहियो । तर डा.निकट पहिले एक सय २६ जना मात्रै थिए । यसबीच २५ जनाले पार्टी छाडेका छन् । बाँकी रहेकामध्ये पनि २० देखि ३० जनाले सही गर्न नमानेको जसपा स्रोतको दाबी छ ।

पछिल्ला दिनमा राजकिशोर यादव र कृषि मन्त्री महेन्द्र राय यादवसमेत भट्टराईसँग नजिकिएका छन् । तर पनि बहुमत पुग्न गाह्रो भएको बताइन्छ । यादव र रायसँग ५० देखि ६० जना केन्द्रीय सदस्य रहेको बताइन्छ । तीमध्ये पनि आधाले दस्तखत गर्न नमानेपछि डा. बाबुराम समूहले नयाँ पार्टी गठन गर्न गरेको प्रयास निरर्थक साबित भएको हो । हिजोको बैठकमा चुनावको टिकट वितरण गर्दा क-कसको हस्ताक्षर मान्य हुने भनेर लामै तानातान चलेको थियो । अशोक राईको नाम यादव खेमाले पटकपटक लिएको र डा.भट्टराईले आफ्नो नाम राखेर सन्तुलन नमिलाए यो अन्तिम बैठक हुनसक्ने चेतावनी दिएपछि आजलाई ३ नेता बसेर टुङ्याउने गरी हिजो स्थगन भएको हो ।

टिप्पणीहरू