आजै एमसिसी,आजै राजदूत स्वीकृत,संसदको टेलिभिजनमा पनि अमेरिका
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने भन्नेवारे प्रतिनिधिसभामा चर्को बहस भइरहँदा अमेरिकाले नेपालका प्रस्तावित राजदूत श्रीधर खत्रीको एग्रिमो पठाएको छ ।
अमेरिकाले हरियो झण्डा देखाएपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले खत्रीलाई अमेरिकाको निम्ति आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम उनलाई संयुक्त राज्य अमेरिकाको लागि नेपाली राजदूत पदमा नियुक्त गरिएको राट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यता,संसदमा एमसीसीको पक्ष र विपक्षमा चर्को बहस चलिरहँदा त्यहाँ राखिएका टेलिभिजन सेट अमेरिकी सहयोग संस्था युएसएडले किनिदिएको तथ्य पनि बाहिरिएको छ ।
आज प्रतिनिधि सभामा नेकपा एस नेता झलनाथ खनाल बोल्दा लाइभ प्रशारण गरेको सामसुङ्ग टिभी सेट्को मुन्तिर स्पोन्सरमा युसएआइडीको स्टीकर टाँसिएको छ ।
टिप्पणीहरू