जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी थुनामा

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी थुनामा

स्याङ्जा जिल्ला अदालतको फैसलाले जबरजस्ती करणी मुद्दामा ४ वर्ष कैद तोकेका एक जना फरार प्रतिवादीलाई थुनामा पठाइएको छ ।

अदालतको २०७५ असार २५ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ४ वर्ष कैद तोकेका भीरकोट नगरपालिका २ बस्ने वर्ष ३० का विवेक अधिकारीलाई चितवन प्रहरीले हिजाे पक्रेको हो । पक्राउपछि चितवन जिल्ला अदालतमा आज उपस्थित गराइएको थियो ।

अदालतको आदेशपछि उनलाई चितवन कारागार पठाइएको छ ।

टिप्पणीहरू