सेनाको पानी ट्याङ्कर दर्ता भएन

सेनाको पानी ट्याङ्कर दर्ता भएन

सेनाले चीनबाट ल्याएको पानी ट्याङ्करलगायतका केही सवारी साधन यातायात व्यवस्था कार्यालयमा दर्ता नभएपछि अप्ठेरो अवस्थाको सिर्जना भएको छ । तोकिएको मापदण्ड नपुगेको भन्दै यातायातले दर्ता गर्न नमानेको स्रोतको दाबी छ ।

ती सवारी साधन चीनले नेपाली सेनालाई अनुदानमा दिएको हो । तर नेपालले तोकेको मापदण्ड विपरित भएको जवाफ पाएपछि अब नियम संशोधन नगरी ती सवारी साधन नेपालमा दर्ता हुन नसक्ने बुझिएको छ ।

सेनाको मुख्यालयदेखि धेरै ठाउँमा खानेपानीको समस्या चर्को भएपछि ट्याङ्कर ल्याइएको थियो । गोकुल भण्डारी मातहतको प्रवन्ध रथी विभागले सवारी साधन दर्ता गराउनुपर्ने जिम्मेवारी पाए पनि किनमेल नजोडिएको हुनाले हालसम्म काममा तदारुकता नदेखाइएको आरोप छ ।

रथी भण्डारी भने होल्डिङ सेन्टर बनाउनमै व्यस्त रहेको सेनाभित्र चर्चा छ ।

टिप्पणीहरू