१६ वटा युटुब च्यानलमाथि कारबाही थालियो

१६ वटा युटुब च्यानलमाथि कारबाही थालियो

पछिल्लो समय नायक पल शाह र एउटी नाबालिग गायिकासँगको प्रकरणलाई लिएर युटुब र युटुबरहरु केही दिनदेखि निकै तातेका छन् । सूचना दिने नाममा अनुसन्धान प्रक्रियालाई नै आघात पुग्ने तथा चरित्रहत्या हुने तरिकाले प्रस्तुत भएका युटुब च्यानलहरुलाई कारबाहीको दायरामा ल्याइएको हो ।

प्रेस काउन्सिल नेपालले १६ वटा युटुब च्यानलमाथि कारबाही सिफारिस गरेको छ । जसअनुसार नेपाल प्रहरीको साइबर व्युरोले अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताएको छ ।

विभिन्न अपराधिक क्रियाकलापलाई प्रशयय दिने उद्देश्यका साथ सञ्चालनमा आएका युटुब च्यानलहरुलाई कारबाही गर्न प्रेस काउन्सिलले पठाएको साइबर व्युरो प्रमुख नविन्द अर्यालले जनआस्थालाई जानकारी दिएका छन् ।

अनुसन्धान प्रक्रिया नसक्दासम्म कारबाहीका लागि सिफारिस भएका युटुब च्यानलको बारेमा खुलाउन नमिल्ने अर्यालको भनाइ छ । ‘भोली बिदा भयो, आइतबारसम्म अनुसन्धान सकेर सार्वजनिक गर्छौ,’ उनले भने

अनुसन्धान नसक्दासम्म गोपनियताको अधिकार हनन गर्न नमिल्ने पनि अर्यालको भनाइ छ ।

टिप्पणीहरू