तारा बरालको टोली जंगी अड्डातिर

तारा बरालको टोली जंगी अड्डातिर

सामाजिक अभियन्ता तारा बराललगायतको समूह युक्रेनमा भएको रुसी हमलाविरुध्द उत्रिएको छ । बरालसँगै जनता आयोग महाअभियान नेपालीका संरक्षक वीरेन्द्र डंगोल,सचिव कल्याण केसी, सरिता खत्री,लक्ष्मी अधिकारीलगायतको टोलीले वीर अस्पताल प्रांगणमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो ।

आज दिउँसो गरिएको पत्रकार सम्मेलनपछि उक्त टोली सोझै भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति प्रभुराम शर्मालाई ज्ञापनपत्र बुझाउन गएको र युक्रेन युध्दको विषम परिस्थितिवारे जानकारी गराएर फर्केको छ । आजै बरालको टोलीले बालुवाटारस्थित रुसी दूतावासमा पनि ज्ञापनपत्र बुझाउने तयारी छ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुध्द भएको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरुको असहयोग आन्दोलनमा बराल र उनको टोली राणाको पक्षमा उत्रेको थियो ।

सर्वोच्च अदालतको गेट बाहिर कानुन व्यवसायीहरुसँग घम्साघम्सी परेपछि उनी आफैँ डेरामा बसेको बिजुलीबजारस्थित घरको माथिल्लो तलामा आमरण अनसन बसेर चर्चामा आएकी थिइन् ।

प्रहरीले एक सातापछि वीर अस्पतालको इमर्जेन्सी र आईसीयुमा राखेर उपचार गरे पनि उनले त्यहिँ अनशन गरेको बताइन् । पछि गृह मन्त्रालय र अस्पतालका प्रतिनिधिहरुको रोहबरमा उनले अनसन तोडेको बताउँदै अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

टिप्पणीहरू