एमाले अध्यक्ष ओली भोलि फेरि हेलिकोप्टरमा पश्चिमतिर
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोलि पूर्वी नवलपरासी र पोखरा जाने कार्यक्रम तय भएको छ । उहाँ कावासोतीस्थित मध्यविन्दु बहुमुखी क्याम्पसको १६औं वार्षिकोत्सवमा भाग लिन बिहान ११ बजे जान लाग्नुभएको हो ।
उहाँले क्याम्पसको नवनिर्मित पुस्तकालय भवनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक पक्षले जनाएको छ । नवलपरासीमा रहँदा केहीबेर पार्टी प्रवेश कार्यक्रममा समेत सहभागिता जनाउने बताइएको छ ।
लगत्तै उहाँ नवलपरासीबाट हेलिकोप्टरमा पोखरा पुगेर अर्को कार्यक्रमलाई सम्बोधन गर्ने कास्की एमाले स्रोतले पुष्टि गरेको छ । पोखरामा उहाँ मानवअधिकार एलायन्सको गोष्ठीमा सहभागी हुनुहुनेछ ।
त्यहाँबाट बेलुकी राजधानी फर्कने बुझिएको छ ।
टिप्पणीहरू