जन्मनासाथ जसले आफ्नै शिशुलाई निमोठिन्

जन्मनासाथ जसले आफ्नै शिशुलाई निमोठिन्

नौ महिना कोखमा राखेको सन्तान सिध्याउन कुन आमालाई रहर हुन्छ र तर कहिलेकाही परिस्थिति यस्तो बनिदिन्छ कि समाज र भविष्य सम्झेर जस्तोसुकै कठोर निर्णय गर्नुपर्ने ।

आफूलाई यस्तो हालतमा छाडेर बेपत्ता हुने पुरुषले सजायँ भोग्न नपर्ने तर सारा दोष र बोझ आफ्नै थाप्लोमा झेल्नुपर्ने । यस्तै एक अवोध र कलिली युवतीलाई शिशु जन्माएलगत्तै चितवन प्रहरीले पक्रेको छ ।

गत बिहीबार दिउँसो ४ बजेको समय कालिका नगरपालिका १० टुँडिखेलमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेपछि प्रहरीले २१ वर्षकी आमालाई पक्रेको हो ।

प्रहरीले उक्त शिशु स्थानीय २१ वर्षकी मञ्जु चेपाङले जन्म दिनासाथ मारेर फालेको खुल्न आएको प्रमाणित भएपछि निजलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दाको प्रक्रिया अगाडि बढाएको हो ।

मञ्जुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको बताइएको छ ।

टिप्पणीहरू