सचिवसङ्ग गुडेका मन्त्री सकुशल

सचिवसङ्ग गुडेका मन्त्री सकुशल

गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्यको ठूलो दुर्घटनाबाट ज्यान जोगिएको छ । आज बिहान पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१ सुगम पेट्रोल पम्प अगाडि सो गाडी दुर्घटनामा परेको हो । मन्त्री र चालक तथा गाडीमा सवार सबै सकुशल छन् ।

बिहान घाँसीकुवा तर्फबाट दमौलीतिर आउँदै गर्दा मोटरसाइकलले अचानक बाटो काटेपछि जोगाउने क्रममा झण्डावाल गाडी सडक छेउ बिजुलीको पोलमा ठोक्किन पुगेको प्राप्त सिसिटिभी फुटेजमा देखिन्छ । मन्त्री सवार गाडी तीब्र गतिमा थियो ।

ग १ झ ६०० नम्बरको गाडीको अगाडिको भागमा क्षति पुगेको छ । प्रहरीले कुन मन्त्रीको गाडी भन्नेबारे केही बताएको छैन । यद्यपी उर्जामन्त्री आचार्य नवलपुरबाट पोखरातर्फ आउँदै रहेको बुझिएको छ ।

खानेपानी आयोजनाको उद्घाटन तथा शिलान्यास कार्यक्रममा आइतबार सहभागी भएर मन्त्री सोमबार बिहान पोखरा फर्किँदै थिए । मन्त्रालयका सचिव रामकुमार श्रेष्ठ पनि सँगै रहेकाले श्रेष्ठ चढ्ने गाडीमा मन्त्री थिए ।

टिप्पणीहरू