बिहे नगर्दै पिता बनेका स्टार क्रिकेटर

बिहे नगर्दै पिता बनेका स्टार क्रिकेटर

क्रिकेट विश्वमा लोकप्रिय खेल हो । टेस्ट हुँदै शुरु भएको क्रिकेट वान डे, टी-२० र टी-१० सम्म आइपुगेको छ । विश्वमा क्रिकेट लोकप्रिय भएर होला पछिल्लो समय क्रिकेटरका हरेक गतिविधिमा फ्यानहरूले चासो राखेको पाइन्छ र मिडियाले पनि प्राथमिकताका साथ स्थान दिने गर्छन् ।

आज हामी विश्वका ६ स्टार क्रिकेटरकाबारेमा चर्चा गर्दैछौं, जो विवाहअघि नै प्रेमिकासँग सम्बन्ध राखेपछि बुबा बनेका थिए ।

१. हार्दिक पाण्ड्या

हार्दिक पाण्ड्या त्यस्ता भारतीय क्रिकेटर हुन्,जो विवाहअघि नै बुबा बनेका थिए । उनले बलिउड अभिनेत्री नताशा स्टान्कोभिकसँग १ जनवरी २०२० मा दुबईमा इन्गेजमेन्ट गरेका हुन् । ३० जुलाई २०२० मा पाण्ड्याले प्रेमिका नताशा गर्भवती रहेको खुलाशा गरेका थिए । पाण्ड्याले आफ्नो बच्चाको नाम अगस्त्य राखेका छन् ।

२. जो रुट

यो सूचीमा इंग्ल्याण्डका कप्तान जो रुट पनि छन् । रुट विवाह नगरी बुबा बनेका थिए । उनले आफ्नी प्रेमिका क्यारी कोर्टेललाई २०१४ देखि प्रेम गरिरहेका थिए । यी दुईले मार्च २०१६ मा इन्गेजमेन्ट गरेका हुन् । टी–२० विश्वकपअघि रुट विवाह नगरी बुबा बनेका थिए । रुटका छोरा अल्फ्रेडको जन्म ७ जनवरी २०१७ मा भएको थियो । यसपछि बल्ल यो जोडीले विवाह गरेको हो ।

३. डेभिड वार्नर

अस्ट्रेलियाका स्टार ओपनर डेभिड वार्नर पनि बिहे नगरी बुबा बनेका हुन् । सन् २०१४ मा वार्नरकी प्रेमिका क्यान्डिसले पहिलो छोरीलाई जन्म दिइन् । त्यसपछि सन् २०१५ मा वार्नरले क्यान्डिससँग विवाह गरे । वार्नरका तीन छोरी आइभी,इन्डी र इस्ला छन् ।

४. इमरान खान

पाकिस्तानका प्रधानमन्त्री तथा पूर्व क्रिकेटर इमरान खान पनि विवाह नगरी बुबा बनेका हुन् । इमरानको सम्बन्ध सीता सेतोसँग थियो । सीता र इमरानको सम्बन्ध सन् १९८७–८८ मा शुरु भएको र सन् १९९१ मा दुवै नजिक आएका हुन् । १९९२ मा उनीहरुको एक बच्चा जन्मिएको थियो । जुन इमरानको सन्तान थियो । तर,इमरानले शुरुमा यो कुरा अस्वीकार गरेपछि डीएनए परीक्षण गर्दा साे बच्चा उनकै रहेकाे खुलेकाे थियाे ।

५.भिभियन रिचर्ड्स

सन् १९८० मा भारत आएका रिचर्ड्सले चर्चित अभिनेत्री नीना गुप्तालाई भेटेका थिए । दुबैको अफेयर लामो समयसम्म चल्यो । सन् १९८९ मा नीनाले छोरीलाई जन्म दिइन्,जसको नाम मसाबा हो । त्यसपछि रिचर्ड्सले मेरीसँग विवाह गरेर दुई सन्तान छन् ।

६. क्रिस गेल

यो सूचीमा युनिभर्सल बोस भनेर चिनिने विश्वका सबैभन्दा विस्फोटक ब्याट्सम्यान क्रिस गेल पनि परेका छन् । गेल विवाहअघि नै पिता बनेका थिए । सन् २०१७ मा जब आईपीएल चलिरहेको बेला प्रेमिका नताशा ब्यारिजले छोरीलाई जन्म दिइन् । यद्यपि गेल अरू पनि धेरै विवादमा मुछिएका छन् ।

टिप्पणीहरू