चीनले सहयोगको हात अघि बढायो
चीनका राष्ट्रपति सी जिनपिङले युक्रेन मामिलामा मध्यस्थतानिम्ति अन्तर्राष्ट्रिय समुदायसँग ‘सक्रिय’ रुपमा काम गर्न इच्छुक रहेको बताएका छन् । तर उनले पश्चिमा मुलुकहरुले रुसमाथि लगाएको प्रतिबन्धको चीनले विरोध गरेको सन्दर्भलाई फेरि दोहोर्याएका छन् ।
जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोसँगको टेलिफोन वार्तामा राष्ट्रपति सीले युक्रेनको अवस्था ‘चिन्ताजनक’ भएको र युरोपेली महाद्विपमा भएको युध्दलाई लिएर चीन चिन्तित रहेको बताएको चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘युक्रेन मामिलामा संलग्न पक्षहरुको आवश्यकताको सन्दर्भमा चीनले फ्रान्स,जर्मनी र युरोपेली युनियनसँग सञ्चार र संयोजननिम्ति सक्रिय ढंगले काम गर्नेछ,’ मन्त्रालयले उल्लेख गरेको छ । चीनले संकटको शान्तिपूर्ण समाधानका लागि सबैले सहयोग गर्नुपर्ने धारणा राख्दै आएको छ ।
टिप्पणीहरू