नेपाल र भारतमा सयौं रोजगारी सिर्जना गरिने डकसुमोको दाबी
डकुमेन्ट एआई स्टार्टअप डकसुमोले नेपाल र भारतमा सयौं रोजगारी सिर्जना गर्ने भएको छ । सन् २०१९ मा स्थापित डकुमेन्ट एआई स्टार्टअपले हालै ४३ करोड रुपैयाँको बीज पूँजी उठाएसँगै रोजगारी सिर्जनाको लक्ष्य लिएको हो ।
उद्यमहरूलाई ग्राहकका कागजातहरूबाट स्वचालित निर्णय गर्न मद्दत गर्ने उक्त कम्पनी युवा नेपाली डाटा वैज्ञानिकबाट उद्यमी बनेका विक्रम दाहाल र उनका भारतीय समकक्षी रुषभ सेठले संयुक्त रुपमा स्थापना गरेका हुन् ।
स्टार्टअपको मूल प्रविधि नेपालका स्वदेशी डाटा वैज्ञानिक र इन्जिनियरहरूद्वारा सञ्चालित रहेको र यसले व्यवसायहरूलाई वित्तीय कागजातहरू स्वचालित रूपमा पढ्न र त्यसको आधारमा निर्णय गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।
टिप्पणीहरू