दुई दर्जन ड्रोन लिलाम गर्दै प्राधिकरण

दुई दर्जन ड्रोन लिलाम गर्दै प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले झण्डै दुई दर्जन ड्रोन लिलाम गर्ने भएको छ । अनुमतिबिना विभिन्न स्थानमा उडाइएका जफत भएका २० वटा ड्रोन प्राधिकरणले एकमुष्ट लिलाम गर्न लागेको हो ।

प्राधिकरणले ड्रोन लिलामका लागि बोलपत्रसमेत आह्वान गरिसकेको छ । २० वटा ड्रोनका लागि न्यूनतम मूल्य ७ लाख ५९ हजार ४ सय ८ रुपैयाँ राखिएको छ ।

खरिद गर्न इच्छुकले १५ दिनभित्र सिलबन्दी बोलपत्र पेश गर्न सक्ने जनाइएको छ । ड्रोन दर्ता प्राधिकरणमा हुनुपर्छ । सरकारले तोकेको क्षेत्रमा मात्र ड्रोन उडाउन पाइन्छ । मनाही गरिएको ठाँउमा ड्रोन उडाएको पाइएमा त्यसलाई जफत गरिने व्यवस्था छ ।

मठमन्दिर, सम्पदा तथा सुरक्षा सम्वेदनशील क्षेत्रमा ड्रोन उडाउन पाईंदैन । ती क्षेत्रमा अनुमति बिना ड्रोन उडाएको पाइएमा प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित व्यक्तिलाई कारबाही गर्न सक्छ ।

टिप्पणीहरू