चुनावको मुखैमा मेयर निलम्बित, उपमेयर फुक्काफाल
सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापा सम्झौताभन्दा बढी खानी उत्खनन् गरेको आरोपमा अख्तियारले मुद्दा चलाएपछि निलम्बनमा परेका छन् । नेपाली काँग्रेसबाट निर्वाचित मेयरले पाल्पामा खानी उत्खनन् गर्ने क्रममा सम्झौता उल्लंघन गरेका हुन् ।
यता नगर स्थापना दिवसको दिन त्यहिँबाट निर्वाचित संघीय सांसद देवेन्द्रराज कँडेललाई समेत आमन्त्रण नगरेपछि अन्य दलले एमालेको कार्यक्रम भन्दै बहिष्कार गरेका हुन् । कार्यवाहक मेयर बनेका एमालेका उपमेयरले स्थानीय सांसदलाई उपेक्षा गर्दै अर्कै जिल्लाका सांसद तथा पार्टीका सचिवलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेको भन्दै आजको नगर स्थापना दिवस कार्यक्रम अन्य दलहरुले बहिष्कार गरेका छन् ।
अहिलेको अवस्थामा सुनवलमा माओवादीको विरासत यथावत रहेको र काँग्रेसले संघीय सांसद जितेको पक्षलाई नजरअन्दाज गर्दै एमाले छिरेका टोपबहादुर रायमाझीलाई कार्यक्रममा प्रमुख अतिथि बनाएपछि अन्य राजनीतिक दलले अर्थपूर्ण ढंगले हेर्दै कार्यक्रम बहिष्कार गरेको बताइन्छ ।

टिप्पणीहरू