यमनको गृहयुध्दमा ४७ बालबालिका मारिए
यमनको गृहयुध्दमा पछिल्ला दुई महिना मात्रै कम्तिमा ४७ बालबालिका मारिएका छन् । जनवरी र फेब्रुअरी महिनामा द्वन्द्वका कारण ती बालबालिकाको मृत्यु भएको राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ ।
‘गृहयुध्दका कारण बालबालिकाहरु सबैभन्दा बढी प्रताडित छन्’, युनिसेफले भनेको छ । सन् २०१५ देखि शुरु भएको हिंसामा परेर १० हजार बालबालिकाको मृत्यु भएको जनाइएको छ । साउदी नेतृत्वको गठबन्धनले हवाई हमला गर्दा मध्यपूर्वकै विकासोन्मुख देश यमनमा ठूलो जनधनको क्षति भएको छ ।
हुथी विद्रोहीहरूले राजधानी साना र उत्तरी यमनको ठूलो भाग कब्जा गरेपछि तत्कालीन राष्ट्रपति अब्द–रब्बु मन्सुर हादी देश छोडेर भाग्न बाध्य भएका थिए । त्यस लगत्तै यमनमा सैन्य हस्तक्षेप भएको थियो ।
युध्दको चपेटामा बालबालिका मारिने र घाइते हुने क्रम बढ्दो छ । यसैबीच २४ फेब्रुअरीदेखि रुसी सेनाले युक्रेनमाथि गरेको हमलामा कम्तीमा ७१ जना बालबालिका मारिएका र १ सय भन्दा बढी घाइते भएका छन् ।
टिप्पणीहरू