बालविवाह रोकथामबारे बालबालिकालाई प्रशिक्षण
पर्वतको कुश्मा नगरपालिका ६ स्थित श्री शिवालय माध्यमिक विद्यालयमा बालविवाह रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम समुदाय– प्रहरी साझेदारीमा भएको हो ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माका अध्यक्ष राजन जोशी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदिप पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माका उपाध्यक्ष सरस्वती भण्डारीको सहभागिता थियो ।
साथै, निवर्तमान अध्यक्ष मानकुमारी गिरी, प्रहरी नायव निरीक्षक होमनाथ अधिकारी, सोही विद्यालयका शिक्षकहरु, कक्षा ११ र १२ का विद्यार्थीलगायत एक सयबढीले प्रशिक्षण लिएका छन् । प्रशिक्षणमा बालविवाह के हो ? यसबाट पर्ने असर के के हुन् ? र यससँग सम्बन्धित ऐन–कानुनका बारेमा प्रहरी निरीक्षक प्रदिप पौडेलले प्रशिक्षण दिएको बताइएको छ ।
टिप्पणीहरू