बंगलादेशको मन्दिरमा आतंकवादी हमला

बंगलादेशको मन्दिरमा आतंकवादी हमला

बंगलादेशको इस्कन मन्दिरमा आतंकवादी समूहले हमला गरेको छ । ढाकास्थित राधाकान्त मन्दिरमा कट्टरपन्थीहरुले आक्रमण गरेका हुन् । कट्टरपन्थीहरुले आक्रमणका साथै मन्दिर परिसरभित्र तोडफोड गरेका छन् ।

यस क्रममा मन्दिरमा रहेका सबैलाई कुटपिट गरिएको छ । लालमोहन साहा स्ट्रीटमा रहेको मन्दिरमा हिजो साँझ दुई सयभन्दा बढी व्यक्तिले जबरजस्ती प्रवेश गरी मन्दिर तोडफोड गरेका हुन् ।

उक्त भीडको नेतृत्व हाजी सैफुल्लाले गरेको बताइएको छ । तोडफोडपछि मन्दिरमा लुटपाटसमेत भएको छ । यता, बंगलादेश सरकारलाई कडा कदम चाल्न र देशमा हिन्दु अल्पसंख्यकलाई सुरक्षा प्रदान गर्न हिन्दुधर्म सम्बद्ध संस्थाहरुले माग गरेका छन् ।

टिप्पणीहरू