एनआरएनएमा दुई जना अध्यक्षको व्यवस्था

एनआरएनएमा दुई जना अध्यक्षको व्यवस्था

गैरआवासीय नेपालीहरुको संस्था एनआरएनएभित्रको विवादका कारण अब संस्थामा दुई जना अध्यक्षको व्यवस्था गरिने भएको छ । दुई पक्षबीच चर्को विवाद र छुट्टाछुट्टै मितिमा महाधिवेशनको घोषणा गरेकाले मिलेर जाने सहमति गर्ने क्रममा दुई जना अध्यक्षको व्यवस्था गरिएको हो ।

कूल आचार्य, बद्री केसीका साथै रविना थापाले अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका थिए । उनीहरुबीच नेतृत्वको विषयमा सहमति भएकाले दुवै पक्षबीच सहमति कायम भएपछि आज संयुक्त पत्रकार सम्मेलन गरिएको हो । अब एनआरएनएको विवाद मिलेको र सबै एकताबद्ध भएर अघि बढिने प्रतिबद्धता जनाइएको छ ।

पछिल्लो सहमतिअनुसार संस्थामा दुई अध्यक्षको व्यवस्था गर्ने समझदारी भएको छ । यसअघि एनआरएनएको विश्व सम्मेलन पर्सि बिहीबार र शुक्रबार हुने बताइएको थियो । तर हिजो उच्च अदालत पाटनले अन्तरकालीन अन्तरिम आदेश दिएपछि सबै पक्ष सहमतिको निम्ति बाध्य भएको बताइन्छ ।

टिप्पणीहरू