इपीएसका प्रमुखसहित ५ जना श्रम मन्त्रीलाई भेट्ने तरखरमा

इपीएसका प्रमुखसहित ५ जना श्रम मन्त्रीलाई भेट्ने तरखरमा

इपिएस भाषा परीक्षा २०१८ उतिर्ण भई हालसम्म कामदार छनौटमा नपरेको भन्दै केही युवाले आज श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठलाई भेटेर जानकारी गराउन लागेका छन् ।

उनीहरुले अन्य देशको हकमा रोष्टर अवधी १ वर्ष थप गरिएको तर नेपालको हकमा कामदार छनौट नगर्ने र रोष्टर अवधीसमेत थप नगरिएकोबारे आवश्यक पहल गर्न मन्त्री गुहार्न लागेका हुन् ।

यसअघि उनीहरुले ललितपुरको ग्वार्कोस्थित इपिएस शाखा कार्यालयमा नेपालको हकमा कामदार छनौट र रोष्टर अवधी थप गरी पहल गरिदिन पीडित धर्मराज पन्त, प्रदिप न्यौपाने, कन्चनराज घलान, पुरुषोत्तम न्यौपाने पुगेका थिए । उनीहरुले समस्या सामाधानका लागि छिटो पहल गरिदिन आग्रह गरेको बताइन्छ ।

अहिले उक्त समस्याको जानकारी गराउन र समस्या समस्या समाधानको निम्ति अनुरोध गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई भेट्न इपिएस शाखा कार्यालयका प्रमुख पुष्पराज कटवालसहित पाँच सिंहदरबारमा गएका हुन् ।

टिप्पणीहरू