टिपरले मान्छे किचेर मारेपछि टियर ग्यास हान्ने अवस्था

टिपरले मान्छे किचेर मारेपछि टियर ग्यास हान्ने अवस्था

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल क्षेत्र तनावग्रस्त भएको छ । आज बिहान साढे आठ बजेतिर बराहचोकमा टिपरले किचेर दुई नाबालिकाको हत्या भएपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।

प्रहरीका अनुसार टिपरले किचेर मृत्यु हुनेमा पाँच वर्षीया सृष्टि तामाङ्ग र आठ वर्षीया श्रेया तामाङ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको बताइएको छ । उनीहरुका बाबु ३० वर्षीय रोहन तामाङ गम्भीर घाइते भएका छन् । उनको मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुई छोरीलाई राखेर रोहनले चलाएको बाइकलाई टिपरले ब्याक गरेर हानेको र त्यसपछि किचेर मारेको स्थानीयले बताएका छन् । अहिले सो क्षेत्र तनावग्रस्त रहेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ ।

घटनाबारे बिस्तृत जानकारी आएको छैन ।

टिप्पणीहरू