इटहरीका सुकुम्बासीले यसपटक भोट नहाल्ने

इटहरीका सुकुम्बासीले यसपटक भोट नहाल्ने

इटहरीका भूमिहीन सुकुम्वासीले इटहरी उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । भूमिसम्बन्धी समस्या समाधान गर्न चासो नदेखाएको भन्दै उनीहरुले कार्यालय घेराउ गरेका हुन् ।

आफ्ना माग सम्बोधन नगरे आगामी स्थानीय चुनावमा भोट नदिने सुकुम्बासीहरुले चेतावनी दिएका छन् । जनप्रतिनिधिहरुले चुनावमा झूठो आश्वासन देखाएर भोट मागेको तर,जितेपछि बेवास्ता गरेको उनीहरुको आरोप छ । तत्काल आफूहरुका माग सम्बोधन नभए यसपटक चुनावमा कसैलाई भोट नदिने उनीहरुले बताएका छन् ।

उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र महतोले सुकुम्बासीहरुले जग्गा मागेर आन्दोलन गरेको बताए । नेपाल बसोवास बस्ती संरक्षण समाजले जग्गा उपलब्ध गराउन मागसहित ज्ञापनपत्र बुझाएको उनले सुनाए । हाल सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रियागत रुपमा काम भइरहेको उनको भनाइ छ ।

सुकुम्वासीहरुले स्थायी जग्गाको व्यवस्था गर्नुपर्ने,विनाश नियन्त्रण गर्नुपर्ने,हरेक घर रंगीन बनाउनुपर्नेलगायतका माग राखेका छन् । साथै, २०७२ को संविधान कार्यान्यवन गर्नुपर्ने, शिक्षा, स्वास्थ्य, खानेपानीका व्यवस्था हुनुपर्ने, सीमा संशोधन गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

टिप्पणीहरू