व्यापारीको डिनर रामनवमीको दिन दिउँसै, खान चाहनेले नाम दर्ता गर्नुपर्ने
नेपाल उद्योग वाणिज्य महासंघले आगामी आइतबार राजधानीमा डिनर कार्यक्रमको आयोजना गरेको छ । महासंघका भूतपूर्व अध्यक्ष र वर्तमान पदाधिकारीहरुबीच हुन लागेको डिनर कार्यक्रम चैत २७ गते दिउँसो साढे ४ बजेको लागि तय गरिएको छ ।
हिन्दूहरुको पर्व रामनवमीका दिन पाँचतारे होटलमा डिनर कार्यक्रम राखिएको छ । ‘एफएनसीसीआई प्रेसिडेन्सियल डिनर २०२२’ नाम दिइएको उक्त कार्यक्रमम महासंघका सबै इकाइका वर्तमान पदाधिकारी र भूतपूर्व अध्यक्षहरुलाई निम्तो गरिएको छ ।होटल सोल्टीमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन चाहने निम्तालुले भोलि बुधबार अपरान्ह ५ बजेसम्म अनिवार्य नाम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
टिप्पणीहरू