नाम काट्दै, थप्दै अन्ततः महाप्रसाद

नाम काट्दै, थप्दै अन्ततः महाप्रसाद

नेपाल सरकारले राष्ट्र बैंककै पूर्वनिर्देशक महाप्रसाद अधिकारीको नाम नयाँ गभर्नरको निम्ति आज निर्णय गरे तापनि सिफारिसको सन्तुलन मिलाउन भने त्यसअघि एउटा नाम हेरफेर गरिएको बुझिएको छ ।

सोही बमोजिम पूर्वअर्थसचिव राजन खनालको नाम हिजोको सिफारिसबाट झिकेर राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनप्रसाद श्रेष्ठको नाम थपी प्रक्रिया पु¥याउन क्याबिनेट लगिएको हो । नेकपा एमाले र माओवादी मिलेको दुई वर्ष बितिसक्दा पनि अझै एक पक्षलाई मात्रै प्रोत्साहन दिएको भनी चित्तदुखाइ प्रकट भएको थियो । मीनप्रसाद पूर्वमाओवादी कित्ताका हुन् भने हिजै सिफारिसमा परेका तीनै जना एमालेनिकट मानिन्छन् ।

सामान्य हिसाबले महाप्रसाद गभर्नर बनिसकेपछि रिक्त लगानी बोर्डको अध्यक्षमा राजन खनाललाई लगिने चर्चा थियो । तर अब पार्टीभित्रको सन्तुलन मिलाउन मीनप्रसादलाई त्यो ठाउँमा नियुक्त गर्नुपर्ने सरकारमाथि बाध्यता रहन सक्छ ।

टिप्पणीहरू