सडकमा गाईवस्तु,मेयर भन्छन्:-एक दुई वटा त दर्शन गर्न पनि चाहिन्छ !
राजधानी काठमाडौँसहित सहरका मूल सडकहरुमा अव्यवस्थितरुपमा पशुचौपाया छाड्ने क्रम रोकिएको छैन । सडकमा तीव्र गतिमा गुडिरहेका सवारी साधनको बाटो नै छेक्ने गरी जताततै गाईवस्तु देखिनु सामान्यजस्तै भैसक्यो । तथापि पशु चौपाया व्यवस्थापन गर्नमा स्थानीय सरकार भने लाचार बनेको जनगुनासो छ ।
कसैले प्रश्न गरे ‘अस्ति भर्खर हामीले यसो गर्यौ,उसो गर्यौ’ भन्दै रेडिमेड जवाफ दिने जनप्रतिनिधिहरुसँग पशुचौपाया व्यवस्थापनका निम्ति दिगो योजना भने छैन । बिशेषगरी यो समस्या देशका मुख्य सहरहरुमा बढ्दो छ । रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित सिध्दार्थ राजमार्गमा पनि यस्तै समस्या छ ।
मार्क्सवादी दर्शनमा विश्वास राख्ने एमालेबाट निर्वाचित मेयर सुवेदीले भने, ‘एक दुई वटा गाई त सर्वसाधारणले ढोग गरेर पुण्य कमाउन पनि चाहिन्छ ।’
एकातर्फ धुलो र अर्कातर्फ सडकमा छाडिएका पशुचौपायाहरुले बुटवलमा सवारी दुर्घटना पनि बढ्दै गएका छन् । सडक मर्मत गर्ने जिम्मा प्रदेश सरकारको भएकाले स्थानीय तहले केही गर्न नसक्ने जवाफ दिएका त्यहाँका मेयर शिवराज सुवेदीले पशुचौपाया छोडिएको बारे अनौठो प्रतिक्रिया दिए । पार्टीको बैठकमा छु भन्दै हत्तारिएका मेयरले ‘दर्शन गर्न’का लागि पनि सडकमा गाईवस्तु हुनुपर्ने हल्का टिप्पणी गरे ।मेयर सुवेदीका अनुसार केही दिन अघिमात्र सडकबाट तीन सय गाईको उद्दार गरिएको थियो । ती गाईहरुलाई सोही ठाँउको नन्दनी गौशालामा संरक्षण दिइएको छ । सडकमा अझै पनि कैयौं गाईवस्तु छन् नि त भनेर जिज्ञासा राख्दा मार्क्सवादी दर्शनमा विश्वास राख्ने एमालेबाट निर्वाचित मेयर सुवेदीले भने, ‘एक दुई वटा गाई त सर्वसाधारणले ढोग गरेर पुण्य कमाउन पनि चाहिन्छ ।’
गाईलाई हिन्दू धर्म परम्पराअनुसार माता (आमा) को दर्जा दिइएको छ । मेयरले बताएअनुसार जति गौशालामा लगिन्छ सोही अनुपातमा स्थानीयले थप गाई सडकमा छाड्छन् ।
टिप्पणीहरू