गोठमा बन्दुक पड्काउने सूर्य बिते
भोजपुरमा आफैंले बोकेको भरूवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ । हिजोराति अरुण गाउँपालिका–१, रातमाटेका ४७ वर्षीय सूर्यबहादुर खत्रीको गोलीको छर्रा लागेर मृत्यु भएको हो ।
सोही गाउँपालिका–१, जलकेनीस्थित केदार खत्रीको गोठमा सूर्यले भरुवा बन्दुक पड्काएका थिए । बन्दुक पड्किएर उनको पेटमा छर्रा लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बन्दुकको छर्रा लागेर गम्भीर घाइते भएका उनको उपाचारको क्रममा जिल्ला अस्पताल भोजपुरमा मृत्यु भएको हो ।
टिप्पणीहरू