प्रेस काउन्सिलले विद्यार्थीहरूलाई इन्टर्नशीप दिलाउने
प्रेस काउन्सिल नेपालले विद्यार्थीहरूलाई काउन्सिलमा इन्टर्नशीप गर्न दिने भएको छ । काउन्सिलले विगतमा एक जना आईटी सम्बन्धीलगायत पाँच जना विद्यार्थीलाई इन्टर्नशीपमा राख्ने निर्णय भएअनुसार उक्त व्यवस्था गरिएको जनाएको हो ।
पत्रकारिता वा आमसञ्चार विषयमा स्नातक तह अध्ययन गर्दै गरेका वा सोसरहका इच्छुक विद्यार्थीका साथै सूचना प्रविधिमा स्नातक तह अध्ययन गरिरहेकामध्ये एक जनाले इन्टर्नशीप गर्न पाउने छन् । यसका लागि शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, बायोडाटा र निवेदनसहित सात दिनभित्र सम्बन्धित विद्यार्थीले काउन्सिलमा बुझाउनुपर्ने छ ।
काउन्सिलले इन्टर्नशीप गर्नेलाई तोकिएअनुसार खाजा, यातायात खर्च र कार्यअनुभवको प्रमाणपत्र उपलब्ध गराउने बताइएको छ ।
टिप्पणीहरू