गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन बैशाख १ बाट ८ गतेलाई सर्यो
नयाँ वर्ष २०७९ को पहिलो दिन गत बिहीबार उद्घाटन गर्ने भनिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अब धावनमार्ग (रनवे) को मात्र उद्घाटन गर्न लागिएको छ । आगामी बिहीबारदेखि विमानस्थलको उद्घाटन नभए पनि रनवेमा जहाज अवतरण र उडान थाल्न लागिएको हो ।
आगामी बिहीबारदेखि उक्त विमानस्थलको पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरिनेछ । त्यसपछि तीन किलोमिटर लामो नयाँ रनवे सञ्चालनमा ल्याउन लागिएको हो । अहिले आन्तरिक विमान सेवा कम्पनीका जहाजको मात्र उडान हुने र जेठ २ गते बुद्ध जयन्तीको दिनदेखि अन्तर्राष्ट्रिय उडान हुने बताइएको छ ।
नयाँ वर्षको पहिलो दिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट उक्त विमानस्थलको उद्घाटन गर्ने भनिए पनि निगम, प्राधिकरण र पर्यटन मन्त्रालयको समन्वय नहुँदा आगामी बिहीबार नियमित उडानका आन्तरिक वायुसेवा कम्पनीका जहाजबाट उद्घाटन हुने भएको हो ।
टिप्पणीहरू