एउटा जहाज झण्डै दुर्घटनाबाट जोगियो
आज बिहान समिट एअरको एउटा जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्लातर्फ गएको उक्त विमानको इञ्जिनमा समस्या देखिएपछि लुक्लाको आकाशबाटै फिर्ता भएको हो ।
आज बिहान काठमाडौंबाट लुक्लातर्फ उडेको समिट एअरको ९ एन–एएमपी उडान नम्बरको उक्त जहाज बिहान ११ बजेर ४ मीनेट जाँदा काठमाडौंबाट उडेको थियो । विमानमा यात्रु र चालक दलका सदस्यसमेत गरी १८ जना थिए । तीमध्ये १० जना विदेशी यात्रु,पाँच जना नेपाली र तीन जना चालक दलका सदस्य हुन् ।
तर लुक्ला नजिकै पुगेर जहाजको इञ्जिनमा समस्या देखिएपछि त्यहाँ अवतरण नगरी पौने १२ बजे काठमाडौं विमानस्थल फिर्ता भएको थियो । काठमाडौंमा विमानलाई सकुशल अवतरण गराइएको विमानस्थल स्रोतले बताएको छ ।
टिप्पणीहरू