महिला फुटबल संघको अध्यक्षमा पेमा

महिला फुटबल संघको अध्यक्षमा पेमा

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको महिला फुटबल संघ अध्यक्षमा पेमा लामा निर्वाचित भएकी छन् । आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निर्वाचनमा अध्यक्ष पदकी अर्की प्रत्याशी विमला पौडेललाई निकै फराकिलो मतान्तरले पराजित गर्दै लामा अध्यक्षमा चुनिएकी हुन् ।

कुल ४२ भोटमध्ये लामाले ३६ तथा पौडेलले ६ भोट प्राप्त गरिन् । प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकाली उपाध्यक्षमा निर्वाचित भएका छन् । श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ भोट प्राप्त गरेका हुन् ।

यस्तै, सदस्यहरुमा विन्द्रा देवान, दिपा क्षेत्री, सरिला श्रेष्ठ मलेकु, सरस्वती श्रेष्ठ, लिलामाया थापा, चन्द्रा भण्डारी र विना श्रेष्ठ निर्विरोध निर्वाचित भए । यो सँगै एन्फाअन्तर्गत चार संघको निर्वाचन पनि पूरा भएको छ ।

खेलाडी संघमा विक्रम लामा, प्रशिक्षक संघमा राजेन्द्र तामाङ र रेफ्री संघमा बुद्धि गुरुङ सर्वसम्मत अध्यक्ष चुनिएका छन् ।

टिप्पणीहरू