बिजुली अड्डाको अर्को चेतावनी

बिजुली अड्डाको अर्को चेतावनी

नेपाल विद्युत प्राधिकरणले पोलको भाडा नतिर्नेहरुको सेवा जुनसुकै बेला पनि अवरुद्ध पारिने चेतावनी दिएको छ । प्राधिकरणले टेलिफोन, इन्टरनेट, केबल टिभी सेवा प्रदायक कम्पनीलाई पोल भाडाको बक्यौता महशुल रकम भुक्तान गर्न र नगरेको खण्डमा त्यसको परिणाम भोग्न तयार रहन पुनः चेतावनी दिएको हो ।

‘सेवा प्रदायक संस्थाहरुमध्ये केहीले आंशिक क्षेत्रको मात्र पोल भाडा सम्झौता गरेको तथा केहीले सम्झौता नै नगरी विद्युतीय संरचनाको प्रयोग गरेको हुँदा यो बैशाख मसान्तभित्र विद्युत प्राधिकरणको सम्बन्धित क्षेत्रको कार्यालयमा सम्झौता, नवीकरण एवं हालसम्मको बाँकी बक्यौता भुक्तानी गर्न आग्रह गरिन्छ,’ सूचनामा भनिएको छ ।

प्राधिकरणले नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न–नगराउन यसअघि पनि पटकपटक सूचित गर्दै आएको छ ।

टिप्पणीहरू