कीर्तिपुरका नेवारको ५ दललाई ज्ञापन

कीर्तिपुरस्थित नेवाः देय् दबू नगर समितिले मुख्य पाँच दललाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष बुद्धिलाल महर्जनको नेतृत्वमा दुई दर्जन सदस्यले ज्ञापनपत्र दिएका हुन् ।

उनीहरुले कीर्तिपुरस्थित नेकपा एकीकृत समाजवादी,नेकपा माओवादी केन्द्र,नेपाली काँग्रेस, नेकपा (एमाले) तथा नेमकिपाको नगर कमिटी कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले नेवारी मातृभाषालाई स्थानीय सरकार सञ्चालनमा सरकारी कामकाजको भाषा बनाउनुपर्ने,संविधानको धारा २५ र ३७ को प्रावधानबमोजिम सडक विस्तारका क्रममा विस्थापित नेवार समुदायलाई पुनर्स्थापित गरेर सम्पत्तिको हक र आवासको ग्यारेन्टी गर्नुपर्ने, गुठीलाई कानुनी मान्यता दिनुपर्नेलगायत २१ बुँदे ध्यानाकर्षण गराएका छन् ।

टिप्पणीहरू